धादिङको ताल्तीमा सानिमा बैंकको एटीएम

बैंक खबर । सानिमा बैंकले धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा एटीएम काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले ताल्तीस्थित ह्वासिन सिमेन्ट नारायणी उद्योग परिसरमा एटीएम बुथ स्थापना गरेको जनाएको छ ।
एटीएम काउन्टरको एक समारोहकाबीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जेनेरल मेनेजर झियाङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ र बागमती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाले संयुक्त रुपमा गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर होङले यस गाउँपालिकामा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए। बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटीएम स्थापना गरिएको बताइन् । यसका साथै आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने उनले जानकारी दिइन्।
सानिमा बैंकले सातै प्रदेशमा १३२ वटा कार्यालय र १२३ वटा एटीएम काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
All financial information at your fingertips.