लुम्बिनी विकास बैंकको नाफा घट्यो, ईपीएस १८ रुपैयाँ ११ पैसा

बैंक खबर । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा केही घटेको छ ।
बैंकले गत आर्थिक वर्ष कुल ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । कुल १ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । तर इम्पेरिमेन्ट चार्जेज बढेका बारण खुद मुनाफामा असर परेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ३ करोेड ४० लाख रुपैयाँ मात्रै इम्पेरिमेन्ट चार्जेज छुट्याएको बैंकले गत आर्थिक वर्षमा ४० करोड ३१ लाख रुपैयाँ व्यवस्था गरेको छ । यहीकारण बैंकको खुद नाफामा गिरावट आएको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ०.११ प्रतिशतले बढेको छ । तर सञ्चालन मुनाफा ७.७९ प्रतिशतले घटेको छ ।
बैंकको निष्क्रिय कर्जा १.६८ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँमात्रै छ । तीन अर्ब ३८ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडाकोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चिति छ ।
बैंकको नाफामा आएको यिगरावटसँगै प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा १९ रुपैयाँ ४० पैसा रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा १ रुपैयाँ २९ पैसाले घटेर १८ रुपैयाँ ११ पैसामा झरेको छ ।
बैंकको कस्ट अफ फण्ड ९.८७ प्रतिशत, आधार दर १२.०२ प्रतिशत, रिर्टन अन इक्यूटी ९.९४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात २२.८१ रहेको छ ।
All financial information at your fingertips.