मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) बैंकको खबर ९ महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो गभर्नर महाप्रसाद अधिकारीले नीतिगत दरहरु घटाउँदै लचिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । निजी क्षेत्रमा प्रवाह गरिने कर्जा १२ प्रतिशत वृद्धिगर्ने लक्ष्य सहित मौद्रिक नीति आएको छ । संस्थाहरुलाई दिइने सेयर धितो कर्जामा लचकता अपनाइएको छ । कर्जा नोक्सानी व्यवस्थामा केही लचक भएको छ । चेक अनादरलाई आधार मानेर कालोसूचीमा राख्ने र बैंकिङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्नेसम्बन्धी निर्देशनमा पुनरावलोकन गर्ने भएको छ । न्यून कर्जा प्रवाहको स्थितिलाई दृष्टिगत गरी चालूपुँजी कर्जा मार्गदर्शनमा ‘भेरियन्स एनलाइसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्था २०८२ साउन १ गतेबाट लागू हुनेगरी समयावधि थप गर्ने भएको छ । यस्तै लघु, घरेलु, साना एवम् मझौला उद्यमको लागि तोकिएको एक करोडको सीमालाई पनि पुनरावलोकनज गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीतिको पूर्णपाठ हेर्नुहोस् । All financial information at your fingertips. २०८१ साउन ११ शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले