डिप्रोक्स लघुवित्तले १० प्रतिशत लाभांश दिने


२०८१ मंसिर २८ गते शुक्रबार । 

बैंकको खबर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । 

मंसिर २७ गते बसेको लघुवित्त सञ्चालक समिति बैठकले ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लािग ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस