नियम विपरित काम गर्ने १५ वटा बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकको कारवाही बैंकको खबर ४ महिना पहिले २०८१ माघ १० गते बिहीबार । बैंकको खबर । नियमि विपरित काम गर्ने १५ वटा बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । आर्थिक वर्ष २०८१(८२ को दोस्रो त्रैमासमा नियामकीय निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको छ । लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । यस्तै, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स,आइसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृतलाई पनि कारवाही स्वरुप सचेत गराएको छ । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले