बासेल–३ फ्रेमवर्कका लागि राष्ट्र बैंकले माग्यो सुझाव
२०८१ चैत ३ गते आइतबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बासेल–३ का लागि सुझाव मागेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचना जारी गर्दै बासेल–३ का लागि सुझाव मागेको हो ।
केन्द्रीय बैंकले तरलता कभरेज अनुपात र शुद्ध स्थिर कोष अनुपात सम्बन्धमा तयार गरेको तरलता मापदण्डमा बासेल–३ फ्रेमवर्कको मस्यौदा वेवसाइटमा राखिएको र त्यसको आधारमा सुझाव दिन भनेको हो ।
बैंकिङ्ङ क्षेत्रको वित्तीय र आर्थिक संकटबाट उत्पन्न हुने समस्याहरु कम गराउन, अर्थतन्त्रमा संक्रमणको जोखिम घटाउन बासेल–३ फ्रेमवर्क तयार पार्न लागेको हो ।
यस्तो सुझाव यही चैत मसान्तभित्र दिन सकिने केन्द्रीय बैंकले जनाएको छ ।
All banking information at your fingertips.