भारतले १७ करोड मानिसलाई गरिबीबाट बाहिर निकाल्यो


२०८२ वैशाख १४ गते आइतबार । 

अन्तर्राष्ट्रिय । विश्व बैंकले भारतले पछिल्लो दशकमा गरिबी घटाउन सफल भएको जनाएको छ। विश्व बैंकले सार्वजनिक गरेको गरीबी र समानता संक्षिप्त प्रतिवेदनअनुसार, भारतले २०११/१२ र २०२२/२३ को बीचमा १७.१ करोड मानिसहरूलाई चरम गरिबीबाट बाहिर निकालेको छ।

गरिबी, अर्थात् प्रतिदिन १७२ रुपैयाँभन्दा कममा बाँच्ने मानिसहरूको संख्या, २०११/१२ मा १६.२ प्रतिशतबाट घटेर २०२२/२३ मा २.३ प्रतिशतमा झरेको छ । यस कारण १७.१ करोड मानिसहरू गरिबीको रेखाभन्दा माथि आएका छन्।

प्रतिवेदनअनुसार, गाउँहरूमा चरम गरिबी १८.४ प्रतिशतबाट घटेर २.८ प्रतिशतमा झरेको छ भने शहरी क्षेत्रमा यो १०.७५ बाट घटेर १.१ प्रतिशतमा झरेको छ। ग्रामीण÷शहरी खाडल ७.७ प्रतिशतबाट १.७ प्रतिशतमा संकुचित भएको छ । यो वार्षिक १६ प्रतिशतको गिरावट हो ।

शेयर गर्नुहोस