सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२०८२ वैशाख १६ गते मंगलबार ।
बैंकको खबर । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (वैशाख १६ गते मंगलबार) अन्तिम दिन रहेको छ।
इन्स्योरेन्सले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि भोली (वैशाख १७ गते बुधबार) बुकक्लोज गर्दैछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागी हुन र वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
इन्स्योरेन्सले यही वैशाख २८ गते काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल बैंकेटमा २८औँ वार्षिक साधारणसभा बोलाएको छ।
साधारणसभाले चुक्ता पूँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । यस्तै, लेखापरीक्षक नियुक्त, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ ।