बैंकबाट विद्युतीय कार्ड लिँदा सबै जानकारी लिन राष्ट्र बैंकको आग्रह


२०८२ वैशाख १६ गते मंगलबार । 

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई डेविन कार्ड (एटीएम), क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता विद्युतीय कार्ड जारी गर्दा, आवेदन फारमसँगै कार्ड प्रयोगसम्बन्धस् सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकको व्यवस्था छ । 

विद्युतीय कार्डसम्बन्धी सेवा लिनुपूर्व उपर्युक्त कार्ड लिँदा लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधा जस्ता विषयवस्तुहरु बारे आवश्यक जानकारी लिने कार्ड प्रयोगकर्तालाई राष्ट्र बैंकले आग्रह गरेको छ । 

क्रेडिट कार्डको सन्दर्भमा सोको प्रयोग गर्दा लाग्ने ब्याजदर लगायतको विषयमा समेत आवश्यक जानकारी लिन सुझाव दिएको छ ।

शेयर गर्नुहोस