'व्यवसायीलाई सुन सिफारिस गर्दा शुल्क लिन मिल्दैन' - राष्ट्र बैंक
२०८२ वैशाख १६ गते मंगलबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले व्यवसायीलाई सुन सिफारिस गर्दा सुनचाँदी व्यवसायी सम्बन्धी संघ र महासंघले कुनै शुल्क लिन नपाउने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै सुनचाँदी व्यवसायीका संघ र महासंघलाई यस सम्बन्धमा सचेत गराएको छ । सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधिमा शुल्क लिन नपाइने व्यवस्था रहेको भन्दै त्यसलाई पालना गर्न सचेत गराएको हो ।
सुन व्यवसायीका विभिन्न पाँच वटा संघ र महासंघले आफ्ना सदस्य व्यवसायीलाई बैंकबाट सुन खरिद गर्न सिफारिस गर्दै आएका छन् । ति संघहरुको सिफारिसकै आधारमा बैंकहरुले व्यवसायीलाई सुन उपलब्ध गराउँछन् ।