धितोपत्र बोर्डले दियो विकास हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न अनुमति
२०८२ वैशाख १६ गते मंगलबार ।
कर्पोरेट । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ४४ लाख ५४ हजार ५९६ कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको थियो ।
अब कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणमा बिक्री गर्नेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।