गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गरिने


२०८२ वैशाख १९ गते शुक्रबार । 

अर्थतन्त्र । सरकारले बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सरकारले सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्टं) कम्पनी स्थापना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्टं) कम्पनी स्थापना गर्ने विषय समावेस गरेको छ ।

नीति तथा कार्यक्रममा डिजिटल बैंक स्थापना गर्ने, धितोपत्र बोर्ड सुदृढीकरण र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुर्नसंरचना गर्ने विषय पनि समावेस छ ।

शेयर गर्नुहोस