सेयरबजार आइतबार पनि घट्यो


२०८२ वैशाख २१ गते आइतबार । 

बैंकको खबर । सेयरबजार आज पनि घटेको छ । कारोबार मापक नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा झरेको छ । नौ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँ बराबरको दुई करोड १९ लाख पाँच हजार ३११ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४६ कम्पनीमध्ये १२८ वटाको सेयरमूल्य घटेको छ । यस्तै ११८ वटाको सेयरमूल्य बढेको छ । 

सूचीकृत १३ वटा समूहमध्ये पाँच वटा समूह बढेका छन् । बाँकी आठ वटा समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह १.३० प्रतिशत घटेको छ । 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फार्मासिटिकल्सको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । सानिमा माई हाइड्रोपावरको सेयरकारोबार सबैभन्दा धेरै ६० करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । 

लगानीकर्ताको सम्पत्ति एक दिनमा चार अर्ब रुपैयाँ घटेर ४३ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण भने तीन करोड रुपैयाँ घटेर १४ खर्ब ५२ अर्ब रुपैयाँ कायम भएको छ । 

शेयर गर्नुहोस