बजारबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक बैंकको खबर ३ हप्ता पहिले २०८२ जेठ ११ गते आइतबार । बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ३० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ । निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । सो निक्षेपको साँवा र ब्याज भुक्तानी आगामी असार १ गते हुनेछ । निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम सम्म निक्षेप राख्नका लागि आवेदन दिन सक्नेछन् । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले