बैंकमा पैसा थुप्रियो, प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक बैंकको खबर २ हप्ता पहिले २०८२ जेठ २१ गते बुधबार । बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (जेठ २१ गते बुधबार) पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थितिमा सुधार हुन नसकेपछि केन्द्रीय बैंकले यस आर्थिक वर्षको सुरु देखि नै पैसा तानेर व्यवस्थापन गर्दै आएको छ । केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरणमार्फत आजपनि बजारबाट रकम तान्न लागिएको हो । बैंकिङ प्रणालीमा तिक्षेप तिव्र गतिमा बढीरहेको छ तर कर्जाको माग न्यून छ । लक्ष्यअनुसार कर्जा विस्तार हुन सकिरहेको छैन । त्यसैले प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । यहीकारण केन्द्रीय बैंकले पैसा तानेर व्यवस्थापन गर्न परिरहेको छ । राष्ट्र बैंकले २१ दिनका लागि यो रकम तान्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरु आज अपरान्ह ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन् । यो निक्षेपको साँवा ब्याज भुक्तानी असार ११ गते हुने केन्द्रीय बैंकले जनाएको छ । बैंक वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र पाँच करोडले निशेष भाग जानेगरी आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ । अहिले बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपको आकार ६९ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह भएको पैसा ५५ खर्ब ४८ अर्ब रुपैयाँ छ । बैंकहरुले निक्षेपको ९० प्रतिशत (सिडी रेसियो)सम्म लगानी गर्न पाउने व्यवस्था छ । तर अहिलेसम्म जम्मा ७८ दशमलव ६४ प्रतिशतमात्रै कर्जा लगानी गरेका छन् । यसअनुसार अहिले बैंकहरुसँग सात खर्ब १० अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । राष्ट्र बैंकले यस अर्थिक वर्ष सुरुभएयता अहिलेसम्म २६ खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ प्रणालीबाट तानेर व्यवस्थापन गरेको छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले