११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन
२०८२ असार १ गते आइतबार
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन एक वर्ष अघिको तुलनामा ८८ अर्ब रुपैयाँ बढी हो । गतवर्ष यसै अवधिमा ९ खर्ब ३९अर्ब रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालू वर्षको जेठ महिना सम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएकोथियो ।