आज डलरको भाउ घट्यो, युरो र पाउण्डको बढ्यो
२०८२ असार ३ गते मंगलबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरेको छ । यो मूल्य हिजोको तुलनामा केही कम हो । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा थियो ।
आज युरोपियन युरोको मूल्य भने बढेको छ । राष्ट्र बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो युरो एकको खरिददर १५८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा थियो ।
यसैगरी आजका लागि बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४८ पैसा तोकिएको छ । हिजो पाउण्ड एकको खरिददर १८६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा थियो ।
आज स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ २३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर