सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन


२०८२ असार ३ गते मंगलबार । 

बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा आवेदन दिने आज (असार ३ गते) अन्तिम दिन रहेको छ । 

इन्स्योरेन्सले वैशाख ३० गतेदेखि आफ्ना सेयरधनीहरुका लागि एक कित्ता बराबर ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । 

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्रीबाट १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ संकलन गर्नेछ । 

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख ५ गते बुकक्लोज गरेको थियो। त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् । 

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस