बैंकहरुको निक्षेप ७० खर्ब नाघ्यो


२०८२ असार ४ गते बुधबार । 

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ७० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले हालसम्म ७० खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । 

यस्तै कर्जा प्रवाह ५५ खर्ब ६८ अर्ब रुपैयाँ मात्रै भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार न्यून देखिन्छ । तथ्यांकअनुसार हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७८.४० प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । 

बजारमा कर्जाको माग न्यून हुँदा कर्जा विस्तार सुस्त रहेको बैंकर बताउँछन् । अहिले बैंक तथा वित्तीय संस्थासँग सात खर्ब ३२ अर्ब रुपैयाँ थप लगानी गर्न मिल्ने पैसा छ । 

शेयर गर्नुहोस