सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
२०८२ असार ४ गते बुधबार ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ९ सय रुपैयाँले बढेर तोलाको एक लाख ९५ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।