नेप्से सामान्य अंकले घट्यो, ९ अर्बको कारोबार
२०८२ असार ४ गते बुधबार ।
सेयर खबर । सेयरबजारमा आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा झरेको छ ।
आज ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४८ कम्पनीमध्ये १५९ वटाको सेयरमूल्य घटेको छ भने ८८ वटाको बढेको छ । बाँकी एक वटाको स्थिर रहेको छ ।
पियोर पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज जोशी हाइड्रोको सेयर मूल्य ९.९० र युनियन हाइड्रोपावरको सेयर मूल्य ९.२२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३९ प्रतिशतले घटेको छ ।
सबै भन्दा बढी सेयर कारोबार सानिमा माई हाइड्रोको ७१ करोड ७८ लाख रुपैयाँ बराबरको भएको छ ।