मितेरी बचत तथा ऋण सहकारीको रकम ठगी आरोपमा कम्बोडियाबाट ज्योतिबहादुर भण्डारी पक्राउ बैंकको खबर १३ घण्टा पहिले २०८२ असार ५ गते बिहीबार । बैंकको खबर । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौं रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कम्बोडियाबाट पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान सुरु भएको सिआईबीले जनाएको छ । प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरीले टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको हो । भण्डारीलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो । भण्डारी सहकारीको एक सय ४४ जना बचतकर्ता र सञ्चालकसको गरी १४ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरी फरार भएको थिए । तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत सो रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानका क्रममा खुलेको थियो । प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको अनुसन्धानको क्रममा भेटिएको छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले