महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग बैंकको खबर २ वर्ष पहिले बैंक खबर । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गरेको छ । बैंकले विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको हो । बैंकको पिपल्ला शाखाद्वारा दिपायल सिलगढी नगरपालिका–३ मा अवस्थित ‘दिल्पेश्वर माध्यमिक विद्यालय’लाई दुई थान स्टिलको पानी ट्यांकी सहयोग गरेको छ । काठमाडौंको मैतिदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका–३० मा अवस्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर सहयोग गरेको छ । मन्दिर वरपरको बाटो अस्तव्यस्त हुनेगरी सवारीसाधन पार्किङ गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाइडर उपलब्ध गराएको जनाएको छ । त्यस्तै बैंकको पुतलीसडक शाखाद्वारा काठमाडौं महानगरपालिका–२८ मा अवस्थित ‘झिगु इच्छुमती पार्क’का लागि ६ थान कुर्सी हस्तान्तरण गरेको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले मर्चेन्ट बैंकरको सूचीमा थपियो अर्को कम्पनी, एलिट क्यापिटलले पायो लाइसेन्स २ वर्ष पहिले