लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारणसभा बैंकको खबर १२ महिना पहिले बैंक खबर । नागरिक लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश परित गर्न साधारणसभा बोलाएको छ । कोषले २८ औँ वार्षिक साधारणसभा यही असार ३१ गते आइतबार, आफ्नो केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा अपरान्ह ३ बजे हुने जनाएको छ । साधारणसभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसबाहेक साधारणसभाले सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको एक सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि कोषले असार १९ गते एक दिन बुकक्लोज गर्ने भएको छ । जसअनुसार असार १८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले