वित्तीय प्रणालीमा निक्षेपको बाढी, कर्जाको माग छैन, पुनः २० अर्ब तान्दै राष्ट्र बैंक बैंकको खबर १२ महिना पहिले बैंक खबर । अधिक तरलता व्यवस्थापन गर्न मंगलबार नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दा बैंक तथा वित्तीय संस्थाले साढे ५३ अर्ब रुपैयाँ राख्नका लागि आवेदन दिएका थिए । बैंकहरुले ब्याजदर घटाएरै आवेदन दिएका थिए । मंगलबारको रिभर्स रिपोको दर औसत २.५४०९ कायम भएको राष्ट्र बैंकले जनाएको छ । प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार फेरी अर्को २० अर्ब रुपैयाँ प्रशोचन गर्न सूचना निकालेको छ । अन्तरबैंक सापटी एक प्रतिशत हाराहारीमा झरेपछि रिभर्स रिपोमार्फत तरलता तानेर वित्तीय प्रणालीलाई सन्तुलित बनाउन खोजेको हो । आर्थिक वर्षको अन्तिममा सरकारले विकास बजेटको भुक्तानी बढाएको र बैंकहरुले कर्जा तथा ब्याज असुलिमा तिब्रता दिएपछि करिब ५ खर्ब रुपैयाँ नयाँ ऋण प्रवाह गर्नसक्ने क्षमतामा बैंकहरु देखिन्छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८२ प्रतिशतमा झरेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता २ वर्ष पहिले