‘विश्वका अधिकांश देशको तुलनामा नेपालको मौद्रिक नीति लचिलो’–गभर्नर


बैंक खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालको नीति ल्याइरहँदा नेपालमा लचिलो मौद्रिक नीति आएको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको समीक्षा गरेर नै चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको बताएका हुन् । विश्वका अन्य केन्द्रीय बैंकले ब्याजदर बढाइरहेका बेला नेपला रष्ट्र बैंकले नीतिगत दर घटाएर लचिलो नीति लिएको दाबी गरेका हुन् । 

उनले सात प्रतिशतको नीतिगत दरलाई साढे छ प्रतिशतमा झार्नुका पछाडि केही आधार रहेको बताएका छन् । गत आर्थिक वर्षको अन्तिममा तरलता सहज देखिएपछि नीतिगत दर घटाइएको बताए । यस्तै घरजग्गा क्षेत्रको मनोबल उकास्न पनि लचिलो भएको दाबी गरे । 

त्यस्तै चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत राखिएको बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर साढे ११ प्रतिशत, ६ प्रतिशतको आर्थिक वृद्धिदर र साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्नेगरी तय भएको मूल्यवृद्धिको लक्ष्य प्राप्त गर्नेगरी मौद्रिक नीति आएको बताए । यो व्यवस्थाले ५ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह हुने विश्वास गरिएको बताए । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस