सरकारका लागि ऋण उठाउने तालिका सार्वजनिक बैंकको खबर १२ महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारका लागि उठाइने आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१का लागि दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो । यो रकम ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र ५ वर्षे र वैदेशिक रोजगार बचतपत्र ५ वर्षे बिक्री निष्काशन गरी जोहो गरिने राष्ट्र बैंकले जनाएको छ । संकलन गर्न लागिएको कुल आन्तरिक ऋणमा ट्रेजरी बिलको २२.९ प्रतिशत अर्थात ५५ अर्ब रुपैयाँ छ । यसैगरी, विकास ऋणपत्रको हिस्सा हिस्सा ७४.६ प्रतिशत अर्थात १ खर्ब ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र ५ वर्षे २.१ प्रतिशत अर्थात ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र ५ वर्षे ०.४ प्रतिशत अर्थात एक अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा ५५ अर्ब आन्तरिक ऋण उठाइने छ । यसैगरी दोस्रो त्रैमासमा ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौथो त्रैमासमा ७७ अर्ब रुपैयाँ बराबरको अन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको यो तालिका खुला बजार सञ्चालन समितिले आवश्यकता अनुसार परिवर्तन सक्ने जनाएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले