पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेल ७ रुपैयाँले बढ्यो बैंकको खबर १२ महिना पहिले अर्थतन्त्र । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । खाना पकाउने ग्याँसको मूल्य भने घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली २०८० अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टिटेल ७ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्याँस प्रति सिलिन्डर १३० रुपैयाँ घटाएको छ । निगमले भारतीय आयल निगमले अगस्ट १ मा पेट्रोलमा प्रतिलिटर ८.१४ रुपैयाँ र डिजेलमा ६.८६ रुपैयाँ मूल्य बढाएर पठाएको थियो । सोही मूल्यमा मूल्य अभिवृद्धि कर समायोजन गरेर मूल्य बढाएको हो । भारतीय आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ११७.६२ रुपैयाँले घटाएर पठाएको छ । निगमले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर १३० रुपैयाँ घटाएर १६६० रुपैयाँ कायम गरेको छ । निगमका अनुसार ठाउँ अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फरक हुनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता २ वर्ष पहिले