नियामकीय प्रावधान मिचेपछि प्राइम, कुमारी र हिमालयन बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही बैंकको खबर १२ महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कर्जा निक्षेप अनुपात नपुर्याएकोे भनेर तीनवटा बैंकलाई कारबाही गरेको छ । प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकले नियामकीय प्रावधान पालना नगरेपछि राष्ट्र बैंकले कारबाही गरेको हो । प्राइम बैंकले गत आर्थिक वर्षमा प्राइम बैंकले कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणनामा गर्दा वास्तविक भन्दा कम गरेको र प्रिमियम दर बढाई ब्याज असुल गरेको छ । प्राइम बैंकले बदनियतपूर्वक नियामकीय प्रावधान मिचेर प्रिमियम दर बढाई ऋणीबाट बढी ब्याज असुलेको पाइएको हो । तीन वटा नियम मिच्दा पनि राष्ट्र बैंकले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउने मात्र निर्णय गरेको छ । कुमारी र हिमालयन बैंकले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेका कारण नगद जरिवाना गरिएको छ । कुमारी बैंकले २०७९ माघ महिनामा र हिमालयनले कात्तिक महिनामा कर्जा–निक्षेप अनुपात कायम नगरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कुमारीलाई ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा र हिमालयनलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना गरेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले मर्चेन्ट बैंकरको सूचीमा थपियो अर्को कम्पनी, एलिट क्यापिटलले पायो लाइसेन्स २ वर्ष पहिले