सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट


सेयर खबर । सेयर बजार बिहीबार पनि घटेको छ । नेप्से सूचक ३०.९२ अंकले घटेर २०६७ विन्दुमा झरेको छ ।  यस दिन ४ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा भएका २४६ कम्पनीमध्ये २२६ वटाको सेयरमूल्य घटेको छ । बजारमा गिरावट आएपनि १९ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । 

लगानीकर्ताको सम्पत्ति ४८ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३२ खर्ब ४८ अर्ब रुपैयाँमा झरेको छ ।

फाइनान्सबाहेक अरु सबै समूहका सूचक घटेका छन् । यसअघि बुधबार पनि बजार घटेको थियो । बजार थोरै बढ्ने वित्तीबै विक्रीकर्ता हावी हुने प्रवृतिले गर्दा बुधबार र बिहीबार बजारमा गिरावट देखिएको विश्लेषकहरुले बताएका छन् । 

केन्द्रीय बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको तयारी थाल्न लागेपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् । यस्तो अवस्थामा बजारमा स्वभाविक करेक्सन हुनेगर्छ । 

यसदिन समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ६.१० प्रतिशतले बढेको छ । यस्तै सामलिङ पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ९.४२ प्रतिशतले घटेको छ । यस्तै सबैभन्दा धेरै सेयर कारोबार हिमालयन रिइन्स्योरेन्सको ५४ करोड रुपैयाँ बढीको भएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस