साल्ट ट्रेडिङको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६९ पैसा

साल्ट ट्रेडिङको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६९ पैसा

बैंक खबर । साल्ट ट्रेडिङ कर्पाेरेसनले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ९०.१६ प्रतिशतले धेरै हो । गतवर्ष कर्पोरेशनले १ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यसवर्ष साल्ट ट्रेडिङको बिक्री बढेकाले नाफामा भारी वृद्धि देखिएको हो । कर्पोरेशनले ६ अर्ब ६९ करोड ५६ लाख ४६ हजार ६५० रुपैयाँको रुपैयाँको बिक्री गरेको छ । गतवर्ष दोस्रो त्रैमासको कर्पोरेशनको बिक्री आम्दानी ३ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ रहेको थियो । अन्य आम्दानी १ करोड ७३ लाखबाट बढेर १ करोड ८२ लाख २८ हवा ८७६ रुपैयाँ पुगेको छ ।  

साल्ट ट्रेडिङको चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ छ । यसको जगेडा कोषमा १ अर्ब ३५ करोड ७७ लाख १४ हजार ७४३ रुपैयाँ जम्मा छ । 

कर्पोरेसनको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६९ पैसा, प्रतिसेयर नेटवर्थ ४१९ रुपैयाँ ३५ पैसा, मूल्य आम्दानी अनुपात २०८.८७ गुणा, प्रतिसेयर कुल सम्पत्ति मूल्य ३ हजार २५९ रुपैयाँ छ । 

कर्पोरेशन गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्तालाई गुणस्तरयुक्र खाद्यवस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व वहन गर्दै करोबार गर्न सफल संस्था हो । विद्यमान बैंकिङ तरलता समस्या, देशको समग्र आर्थिक अवस्थाको कारण तथा कर्पोरेशनले नेपाल सरकारको निर्देशन समेत पालना गरी समाजिक उत्तरदायित्व बहन गर्नुपरेको कारण कुनै वस्तुहरुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान विक्री गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण अपेक्षित रुपमा मूनाफा आर्जन गर्न नसकेको कर्पोरेशनले जनाएको छ । देशको राजनीतिक स्थिरता, प्रशासनिक संरचनामा भएको परिवर्तन पश्चात आर्थिक गतिविधिमा वृद्धि भई कर्पोरेशनको व्यवसायमा सकारात्मक प्रभाव परेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस