सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा,

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा,

बैंक खबर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

माघ १९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

लघुवित्तले एफपीओ निष्काशनको प्रक्रिया सुरु भइसकेकाले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि  बुकक्लोज हुनुभन्दा अघि नै सेयर समायोजन भएमा समायोजित सेयरधनीलाई पनि सो लाभांश वितरण गरिने लघुवित्तले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस