सेयरबजारमा गिरावट कायमै, नेप्से ५.३१ अंकले घट्यो

सेयरबजारमा गिरावट कायमै, नेप्से ५.३१ अंकले घट्यो

सेयर खबर । यस साताको पहिलो कारोबार दिन सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा कायम भएको छ । 

३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँ बरबरको ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति ८ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३२ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ ।

कारोबार भएका २ सय ४७ कम्पनीमध्ये १ सय ३२ कम्पनीको सेयरमूल्य घट्दा बजारमा दबाब परेको हो । १ सय ४ कम्पनीको सेयरमूल्य बढेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

विकास बैंक, फाइनान्स, लगानी र निर्जीवन बीमा समूह बढेका छन् बाँकी सबै समूह घटेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ । सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.३७ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स ३३ करोड ५८ लाख ३२ हजार आठ सय नौ रुपैयाँको सेयर किनबेच भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस