तीन दिनको गिरावटपछि बढ्यो नेप्से

तीन दिनको गिरावटपछि बढ्यो नेप्से

सेयर खबर । लगातार तीन दिन घटेको सेयर बजारमा सोमबार सुधार देखिएको छ । नेप्से परिसूचक १४ दशमलव ५७ अंकले बढेर २ हजार ७६ दशमलव २७ विन्दुमा कायम भएको हो ।

दुई अर्ब ४३ करोड  रुपैयाँ बराबरको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच भएको छ । लगाकनीकर्ताको सम्पत्ति करिब २४ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण ३२ खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । 
कारोबार भएका २४७ कम्पनीमध्ये १४८ कम्पनीको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । ८६ कम्पनीको सेयरमूल्य घटेको छ भने १३ वटाको मूल्य स्थिर रहेको छ । 

होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह घटेका छन भने बाँकी सबै समूह बढेका छन् । सबैभन्दा धेरै  अन्य समूह चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयर कारोबार पनि सकारात्मक सर्किट लेभल नजिक भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै छ दशमलव ७८ प्रतिशतले गुमाएका छन् । 

यसदिनपनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १८ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस