सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभाबाट पारित

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभाबाट पारित

अर्थतन्त्र । संघीय संसद् प्रतिनिधिसभाको बुधबारको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए । विधेयक बहुमतले पारित भएको हो ।

विधेयकमाथि कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित छलफल भएको थियो । छलफलका क्रममा १८ जना सांसदले सुझाव दिएका थिए । छलफलपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा विधेयकलाई निर्णयार्थ पेश गरेका थिए ।

सरकारले गतवर्ष माघ २७ गते विधेयक संसदमा दर्ता गरेको थियो । 


शेयर गर्नुहोस