सेयरबजारमा दोस्रो सर्किट, ९८.६९ अंकको उछाल

सेयरबजारमा दोस्रो सर्किट, ९८.६९ अंकको उछाल

बैंक खबर । सेयरबजारमा सोमबार दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमा पहिलो सर्किट ब्रेक लागेको बजारमा २० मिनेटपछि खुलेको बजार फेयिर पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो । 

दोस्रो सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि स्थगित भएको छ । 

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार घटबढ भएमा २० मिनेट कारोबार स्थगत हुन्छ भने त्यसपछि थप एक प्रतिशत विन्दु घटबढ भई पाँच प्रतिशतले घटबढ भएमा दोस्रो सर्किट लागि ४० मिनेटका लागि कारोबार स्थगत हुने व्यवस्था छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस