सेयरबजारमा तेस्रो सर्किट ब्रेक, कारोबार बन्द

सेयरबजारमा तेस्रो सर्किट ब्रेक, कारोबार बन्द

सेयर खबर । सेयर बजारमा सोमबार तेस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ । दोस्रो सर्किट लागेर कारोबार खुलेको एक मिनेटमै नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर सोमबारको लागि कारोबार बन्द भएको हो । 

सोमबार कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। २० मिनेटपछि कारोबार खुल्नासाथ एक मिनेटभन्दा कम अवधिमा नेप्से पाँच प्रतिशत बढेर दोस्रो सर्किट लागेको थियो । त्यसपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।

दोस्रो सर्किट ब्रेक पछि खुलेको बजारमा नेप्से एक मिनेट भन्दा कम अवधिमै ६ प्रतिशतले बढेपछि तेस्रो सर्किट लागेर सोमबारका लागि कारोबार बन्द भएको हो । 

सोमबार परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ विन्दुमा कायम भएको छ । 

यसदिन जम्मा ३७ करोड ५२ लाख रुपैयाँको सेयर कनिबेच भएको छ । २३२ कम्पनीको सेयर कारोबार भएकामा दुई सय ३० कम्पनीको सेयरमूल्य बढेको छ । दुई कम्पनीका सेयरधनीले भने गुमाएका छन् । 

 

All financial information at your fingertips.


शेयर गर्नुहोस