‘ऋण तिर्न हुँदैन भन्ने नकरात्मकता फैलाउने कुरा स्वीकार छैन’ – अर्थमन्त्री पुन

‘ऋण तिर्न हुँदैन भन्ने नकरात्मकता फैलाउने कुरा स्वीकार छैन’ – अर्थमन्त्री पुन

बैंक खबर । अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बर्ताका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको ‘आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स २०२४’मा सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

अर्थमन्त्री पुनले बैंकिङ क्षेत्र जनताको रकमबाट सञ्चालित हुने भएकाले संस्थागत सुशासन कायम गर्न जोड दिनुपर्ने बताए । 

बैंकहरुबाट ऋण लिने, कालोसूचीमा पर्ने र पछि तिर्दिन भनेर हिँडने र व्यवस्था माथि नै प्रहार गर्ने र समाजमा अनास्था पैदा गर्ने प्रवृति हाबी भएको बताए । काम नगर्ने र सजिलै इजी मनि खोज्ने प्रवृतिसँग पनि सहमति नरहेको बताए । 

पछिल्लो समय बैंकहरुप्रति किन विस्वास घट्दै गएको छ भन्ने तर्फ ध्यान दिन आग्रह गरे । उनले भने ‘राष्ट्र बैंकको कुरा आउला, सरकारी बैंकको कुरा आउला, निजी बैंकहरुको कुरा आउला आज कोहीप्रति पनि विश्वास छैन, समाजमा किन यसो हुँदैछ, बैंकर्सलाई नयाँ नयाँ साहुजीहरु भनिन्छ, यो होइन तर भनिन्छ किन ?’ यसमा समीक्षा गर्नुपर्ने अर्थमन्त्री पुनले बताए । 

All financial information at your fingertips.


शेयर गर्नुहोस