ज्योति विकास बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक

ज्योति विकास बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक

बैंक खबर । ज्योति विकास बैंकले चालू आर्थिक वर्ष २०८०/८१को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा घटेको छ । 

तेस्रो त्रैमासमा बैंकले १५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २४.४० प्रतिशत कम हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

नाफामा गिरावट आएसँगै बैंक आफ्ना सेयरधनीलाई नाफा बाँडन नसक्ने अवस्थामा पुगेको छ । तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ । 

नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा छ । जुन गतवर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ ५९ पैसा कम हो । बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा छ ।

बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । खराब कर्जा बढेपछि बैंकले त्यसका लागि बढी रकम व्यवस्था गर्नुपरेको छ । बैंकले 

All financial information at your fingeritps.


शेयर गर्नुहोस