राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । 

खनाल यसअघि राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ थिए ।

बैंकको सीईओ बन्न २० जनाले आवेदन दिएका थिए । जसमा ५ जनाको नाम छनोट गरी व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता गरिएको थियो । सोही आधारमा खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएपछि बैंकले वैशाख ७ गते सीईओ पदका लागि आवेदन मागेको थियो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस