कोरियाली लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री रिजालको आग्रह

कोरियाली लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री रिजालको आग्रह

अर्थतन्त्र । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बुधबार नवलपरासीमा एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा नियम कानुननमा कुनै बाधाअडचन भए समाधान गरेर सरकारले लगानीको वातावरण तयार गर्ने समेत बताए ।  

स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनीहरु मध्येको एक सामसङले नेपालमा वषौँदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज (बुधबार) देखि टेलिभिजन कारखानाको स्थापना गरेको हो । यो काराखाना स्थापना भएसँगै देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ । कम्पनीका अनुसार नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादनगर्न स्थापना गरेको यो नै पहिलो उदाहरण भएको दाबी गरेको  छ ।  

सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग रिजाल र सामसङ दक्षिणपश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबि पार्कले संयुक्त रुपमा गरेका हुन् । 

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै सामसङ दक्षिणपश्चिम एशियाका अध्यक्ष पार्कले भने “नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको छ । हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो । सामसङले यहाँका जनताहरुलाई रोजगारीका अवसरहरु उपलब्ध गराउनेछ । साथै दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदछौं । नेपाल सरकार र स्थानीय निकायहरुले लिएको बलियो लक्ष्य र हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।”

समारोहलाई सम्बोधन गर्दै गोल्छा समुहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “सामसङसंगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउँछ । विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपालीबजार प्रति गहिरो अभिरुची देखाएको छ । जुन हाम्रो लागि महत्वपूर्ण संकेत हो । यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरुसँगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सीमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्छौं ।”

यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोसे ढुँगा हो र यसले स्थानी यउद्यम, नयाँ सिपहरु, खोजहरु र रोजगारसँगै देशमा इलेकट्रोनिक्स क्षेत्रको रुपान्तरण गरिरहेको छ । यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारहरु सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालकालागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुनपार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस