एक अर्ब ४३ करोड रुपैयाँ बैंकमा निक्षेप राख्दै राष्ट्र बैंक

एक अर्ब ४३ करोड रुपैयाँ बैंकमा निक्षेप राख्दै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एक अर्ब ४३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर सो रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका फाइनान्स कम्पनीमा सो रकम मुद्दती निक्षेप राख्न लागेको जनाएको छ । 

वाणिज्य बैंकहरुमा एक अर्ब १४ करोड ४० लाख रुपैयाँ, विकास बैंकहरुमा २१ करोड ४५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुमा सात करोड १५ लाख रुपैयाँ निक्षेप राख्न लागेको हो । सो निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ २७ गते साँझ सात बजेभित्र तोकिएको इमेलभित्र आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको सो रकम २०८१ असार ३ गते देखि २०८२ असार ३ गतेसममका लागि मुद्दती निक्षेप राख्न लागेको हो । 

निक्षेप प्राप्त गर्नका लागि बैंकले विभिन्न सर्तहरु तोकेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको, खुद तरलत सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्नेछ । यस्तै कर्जा÷स्वदेशी निक्षेप अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको लगायतका शर्तहरु राखेको छ । 
 

All financial information at your fingertips


शेयर गर्नुहोस