१० महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स

१० महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स

बैंक खबर । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३७४,८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३७,८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४२१,२७९ र २३८,९७६ रहेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.१३०१ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

All financial information at your fingertips.


शेयर गर्नुहोस