बैंकिङ प्रणालीमा २० दिनमा थपियो करिब डेढ खर्ब निक्षेप

बैंकिङ प्रणालीमा २० दिनमा थपियो करिब डेढ खर्ब निक्षेप

बैंक खबर । बैंकिङ प्रणालीमा २० दिनमा करिब डेढ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार महिनाको २० दिनमा बैंकिङ प्रणालीमा एक खर्ब ४५ अर्ब रुपैयाँ तरलता थपिएको छ । जेठ मसान्तमा बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रुपैयाँ रहेको निक्षेप असार २० गते ६३ खर्ब ८७ अर्ब रुपेको पुगेको छ । 

असारमा सरकारले भुक्तानी बढाएपछि बैंकिङ प्रणालीमा निक्षेप बढेको हो । तथ्यांकअनुसार असार २० गते एक दिनमै प्रणालीमा १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार १९ गते ६३ खर्ब ७० अर्ब रुपैयाँ रहेको निक्षेप २० गते ६३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।
निक्षेप तिव्र बढेपनि कर्जा प्रवाह भने न्यून छ । त्यसै पनि बैंक तथा वित्तीय संस्थाले असार मसान्तमा कम कर्जा प्रवाह गरेका हुन्छन् । तर अहिले कर्जाको माग नै न्यून भएपछि २० दिनमा जम्मा १८ अर्ब रुपैयाँ मात्रै कर्जा बढेको देखिन्छ । बैंकहरुको कर्जा लगानी ५१ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ । 

बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.५९ प्रतिशतमा झरेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस