बैंकहरुको निक्षेप करिब ६४ खर्ब पुग्यो

बैंकहरुको निक्षेप करिब ६४ खर्ब पुग्यो

बैंक खबर । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने क्रम रोकिएको छैन । राष्ट्र बैंकको तथ्यांकअनुसार गत शुक्रबार एक दिनमै बैंकिङ प्रणालीमा १२ अर्ब रुपैयाँ निक्षेप बढेको छ । त्यसअघि बिहीबार १७ अर्ब रुपैयाँ बढेको थियो । 

आर्थिक वर्षको अन्तिममा सरकारी भुक्तानी बढेपछि बैंकिङ प्रणालीमा पनि निक्षेप बढेको हो । 

पछिल्लो तीन सातामा बैंकिङ प्रणालीमा एक खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप बढेको छ । जेठ मसान्तमा बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब निक्षेप रहेकोमा असार २१ गते ६३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । 

निक्षेप तिव्र रुपमा बढेपनि कर्जाको माग बढेको छैन । २० दिनमा जम्मा १९ अर्ब रुपैयाँ कर्जा बढेको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा रकम ५१ खर्ब ५३ अर्ब रुपैयाँ छ । 

निक्षेप उच्च बढ्ने तर कर्जा न्यून बढ्ने हुँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७८.४८ प्रतिशत कायम भएको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस