बैंकको एटीएम तोडफोड गर्ने दुई व्यक्ति पक्राउ

बैंकको एटीएम तोडफोड गर्ने दुई व्यक्ति पक्राउ

बैंक खबर । माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को रुद्रेश्वर चोकमा रहेको बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोटका ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय सुजन तामाङलाई प्रहरी वृत महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । 

नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भएका दुवै जना हाल बुढानिलकण्ठ बस्दै आएको प्रहरीले जनाएको छ । उनीहरु एटीएम मेसिन तोडफोड गरेर भाग्दै गरेको अवस्थामा बुधबार बिहान पक्राउ परेका हुन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस