एनआईसी एशिया लघुवित्तले डाक्यो साधारणसभा, १५ प्रतिशत नगद लाभांश पारित गर्ने

एनआईसी एशिया लघुवित्तले डाक्यो साधारणसभा, १५ प्रतिशत नगद लाभांश पारित गर्ने

बैंक खबर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले छैटौं वार्षिक साधारणसभा डाकेको छ। लघुवित्तको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ६ गते शुक्रबार बिहान गोर्खा होटल सुनसरीमा साधारणसभा बोलाएको हो । 

साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्नेछ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साारणसभा र लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर २५ गते देखि पुस ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा मंसिर २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेरधनीले साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सञ्चालक समितिको लाभांश वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस