ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा छुट

बैंक खबर । ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहक ग्राहकले बिगमार्टमा सामान खरिद गरी बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकले बिगमार्टसँगको सहकार्यमा यो योजना ल्याएको हो । योजनाअन्तर्गत  ग्राहकले बिगमार्ट स्टोरमा बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन् । यो योजना माघ महिनाघर रहने बैंकले जनाएको छ । 

यस्तै बिगमार्टको विन्टर अफरअन्तर्गत ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कार पनि प्राप्त गर्न सकिनेछ । यो अफर बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस