एनआईसी एशिया बैंकका चार म्युचुअल फण्डको लाभांश घोषणा

एनआईसी एशिया बैंकका चार म्युचुअल फण्डको लाभांश घोषणा

बैंकको खबर । एनआईसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया बैंकको ४ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । क्यापिटलको बुधबार बसेको सञ्चालक समितिको बैठकले चार बन्दमुखी योजनाका इकाइधनीहरुलाई प्रतिफल वितरण र सोको लागि बुकक्लोज गर्ने मिति तय गरेको हो । 

क्यापिटलले ४ वटा बन्दमुखी योजनाको कुल ४३ करोड १२ लाख ८१ हजार ५०० रुपैयाँ प्रतिफल दिने भएको छ । 

‘एनआईसी एसिया सेलेक्ट ३० फण्ड’का इकाइधनीलाई कर सहित १४ प्रतिशत, ‘एनआईसी एसिया फ्लेक्स क्याप फण्ड’का इकाइधनीलाई कर सहित १०.५० प्रतिशत, ‘एनआईसी एसिया ग्रोथ फण्ड’का इधाईधनीलाई कर सहित र ‘एनआईसी एसिया व्यालेन्स्ड फण्ड’का इकाइधनीलाई ९.२५ प्रतिशत कर सहित लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि भदौ २८ गते बुक क्लोज तोकेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस