इसेवा मनी ट्रान्सफरको बम्पर उपहारमा दिने घर सार्वजनिक

इसेवा मनी ट्रान्सफरको बम्पर उपहारमा दिने घर सार्वजनिक

बैंक खबर । इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गर्ने भनेको घर सार्वजनिक गरेको छ । इसेवाले ६ महिनादेखि यो अभियान चलाएको छ । जसमा इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउने एकजना भाग्यशाली ग्राहकले काठमाडौंमा घर जित्न सक्नेछ । 

इसेवाले ललितपुरको महालक्ष्मी नगरपालिका—४ इमाडोल स्थित बोजेपोखरीमा ३ आनामा बनेको साढे दुई तलाको घर बम्पर उपहार दिने भएको हो । 

इसेवाले मेरो डिजिटल देश अभियान २ महिनाका लाथि थप गरी २०८० जेठ ६ गतेसम्म सञ्चालन गर्ने भएको छ । सो अवधिसम्म इसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउनेले बम्पर योजनामा स्वतः सहभागी हुनेछन् ।

विदेशमा रहेका नेपालीको उत्साहजनक सहभागित रहेको र बम्पर उपहारमा अझ धेरै मौका प्रदान गर्नका लागि समय दुई महिना थप गरिएको इसेवाले जनाएको छ । 

बम्पर उपहारको छनोट २०८० जेठ १२ गते गरिने पनि इसेवाले जनाएको छ ।  
 

All Banking Information at Your Fingertips


शेयर गर्नुहोस